विद्यालयमा लागू गरिएको अंग्रेजी माध्यमलाई व्यवस्थित गर्नु पर्छ : बिज्ञ «

विद्यालयमा लागू गरिएको अंग्रेजी माध्यमलाई व्यवस्थित गर्नु पर्छ : बिज्ञ

काठमाडौं-सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गर्नु भार्षिक ज्ञानको दृष्टिकोणले राम्रो भएपनि यसले सिकाईमा असर गर्न सक्ने बिज्ञले सुझाब दिएका छन ।
तल्लो तहमा जबरजस्ती अंग्रेजी माध्यम लागू गर्दा सो तहमा हासिल गर्नु पर्ने सिकाईमा नै असर गरी बालबालिकाको शिक्षा अपुरो हुने बिज्ञको भनाई छ । शिक्षा पत्रकार समुहले आईतबार राजधानीमा आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम आवश्यकता कि काध्यता’ बिषय अन्र्तक्रिया कार्यक्रममा सहभागीले अभिभावकको अंग्रेजी मोहका कारण नेपाली भाषा सिकाई नै ओझेलमा परेको बताए ।
सो अवसरमा शिक्षाविद् केदारभक्त माथेमाले राजनीतिक नेतृत्वले शिक्षामा भन्दा अन्य विकास निर्माणका क्षेत्रमा मात्र ध्यान दिएको उल्लेख गदै शिक्षामा देखिएका यस्ता बेथितीलाई नियन्त्रण नगरे देशलाई दिर्घकालिन रुपमा नकारात्मक असर पार्ने उनले बताए । उनले अंग्रेजी मोहका कारण हचुवाका भरमा पठन पाठन भईरहँदा शिक्षक र विद्यार्थी बीचको अन्र्तकृया नै कमजोर हुँदै गएको र विद्यार्थीले आफ्ना भावना शिक्षकहरुसँग ब्यक्त गर्न नसक्दा सिकाइमै नकारात्मक असर परेको उनको भनाई छ । पाठयक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले यस्ता विषयलाई राजनीतिक रुपमा नीति निर्माणकै तहबाट सम्बोधन गर्नु पर्ने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्र्तगत अंग्रेजी विभागका प्रमुख डा. प्रेम फ्याकले अंग्रेजी पढनु नै गुणस्तरिय शिक्षा हुने भ्रम बढदै गएको बताउदै विदेश अंग्रेजी भाषा शिक्षालाई लागू गरिएको बिषयमा उदाहरण प्रस्तु गरे । समूहकी अध्यक्ष रोश्ना सुब्बाले एकै विद्यालयमा २ माध्यममा पढाई हुदा नेपाली माध्यम अध्ययन गर्ने विद्यार्थीमा हिनताबोधको विकास भएको बताईन ।

प्रतिक्रिया दिनुहोस्