प्रदेश महासंघका समिति सभापति तोकिए «

प्रदेश महासंघका समिति सभापति तोकिए

विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ ले विभिन्न समितिको सभापति तोकेको छ । बैठकले कृषि उद्यम केन्द्र प्रदेश समितिको सभापति टीकाराज ढकाल तोकेको छ भने सदस्यता वितरण समितिको सभापतिमा राजेन्द्र राउत तोकिएका छन् ।
त्यस्तै उद्योग वाणिज्य परिषद्मा भीमबहादुर पौडेल, रोजगारदाता समितिमा रमेशकुमार राठी, व्यापार मेला समितिमा रविन दाहाल, ऊर्जा तथा वातावरण समितिमा श्रवणकुमार अग्रवाल, बैंक, वित्तीय तथा बिमा समितिमा सुवास आचार्यलाई सभापति बनाइएको छ ।
त्यसैगरी राजन श्रेष्ठलाई स्वास्थ्य तथा सीप विकास समिति, वीरेन्द्रकुमार साहलाई मानव संशाधन समिति, प्रितम खड्गीलाई घरेलु तथा साना उद्योग समिति, भूपालराज कटुवाललाई शहरी विकास समिति, युवराज शाक्यलाई सामाजिक विकास समितिको सभापति तोकिएको छ ।
महासंघ प्रदेश–१ का कार्यकारी निर्देशक राधारण भण्डारी (श्याम) का अनुसार सूचना तथा सञ्चार प्रविधि समितिमा कुमार भट्टराई, निजी तथा साझेदारी समन्वय समितिमा पशुपति बराल, महिला उद्यमी विकास समितिमा सरु केसी, स्थानीय आर्थिक विकास समितिमा कुमारमणि पोखरेल, कर तथा राजस्व समितिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा भविसकुमार श्रेष्ठ सभापति भएका छन् ।
अध्यक्ष टीकाराज ढकालको अध्यक्षतामा बसेको बैठकले विनोद बस्नेतलाई स्टार्ट अफ इन्नोभेसन समिति, दीपक पाण्डेलाई वस्तुगत समन्वय समिति, विजेन्द्र परासरलाई भन्सार समन्वय समिति, सूर्य विमलीलाई ऐन कानुन नीति निर्माण समितिको सभापति तोकिँदा मेघराज सिग्देललाई स्थल यातायात तथा पारवहन समितिको सभापति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्