हिमालयन जनरल इन्स्योरेन्सले कर्पोरेट भवन बनाउने «

हिमालयन जनरल इन्स्योरेन्सले कर्पोरेट भवन बनाउने

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २४ वर्ष पूरा भएसंगै काठमाडौंको बवरमहलस्थित आफ्नै स्वामित्वको करिब साढे दुइ रोपनी जग्गामा कम्पनीको कर्पोरेट भवन निमार्ण गर्ने प्रक्रिया सुरु गरेको छ । भवन डिजाइनका लागि सोसाइटी अफ नेप्लीज आर्किटेक्टस् (सोना)सँग सम्झौता गरिएको छ । सम्झौता पत्रमा कम्पनीका काइकारी अधिकृत सुशील बज्राचाइ र सोसाइटि अफ नेप्लीज आर्किटेक्टस् (सोना) का अध्यक्ष सुमन नाथ बैद्यले हस्ताक्षर गरे ।
कम्पनीले निर्माण गर्ने भवनको डिजाइन प्रतियोगिताको आधारमा छनौट गरिनेछ । सोसाइटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)ले आव्हान गरिने भवन डिजाइन प्रतियोगितामा नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका सदस्य आर्किटेक्टस् व्यक्ति वा फर्मले सहभागी जनाउनु सक्ने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाइ १ लाख ५० हजार र दुइ जनालाइ सान्त्वना पुरस्कार जनहि ५० हजार रुपैयाँ दिइने उल्लेख छ । उत्कृष्ट डिजाइनरलाइ प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाइन काइमा समेत संलग्न गराइने जनाइएको छ ।
कम्पनीले आप्mनो २५औं वर्ष प्रवेशका अवसरमा घोषणा गरेको सामाजिक दायित्वका लक्ष्य अनुरुप यस डिजाइन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुलाइ समेत आप्mनो प्रतिभा देखाउन समान अवसर प्रदान गर्ने विश्वास लिइएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्