Logo

जलवायु परिवर्तनबाट अमेरिकालाई अर्बौ डलरको नोक्सानी

वासिङटन-अमेरिकी सरकारको एक नयाँ रिपोर्टमा जलवायु परिवर्तन तथा यसको विनाशकारी प्रभावको बारेमा गम्भिर चेतावनी दिइएको छ । उक्त रिपोर्टले यो सताब्दीको अन्त्यसम्ममा अमेरिकी अर्थव्यवस्थाले सयौ अर्ब डलरको नोक्सानी हुने उल्लेख गरिएको छ । सीएनएनका अनुसार संघिय अनिवार्य अध्ययन ‘चौथो राष्ट्रिय जलवायु आकलन’ डिेसेम्बरमा जारी गरिने कार्यक्रम रहेको थियो । तर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसलाई शुक्रबारनै जारी गरेको छ । नेशनल ओशिएनिक एन्ड एटमोसफेरिक एडमिनिस्ट्रेसन (एनओएए) का निर्देशक डेभिड एस्टलिङले भनेका छन्,“औसत विश्वव्यापी तापमान तीव्र दरमा बढिरहेको छ । यो आधुनिका सभ्यताले अनुभव गरेको कुनै पनि बस्तुको तुलनामा तीव्र दरमा बढिरहेको छ । यसको कारण मानविय गतिविधि हो ।”
रिपोर्टका अनुसार जलवायु परिवर्तनका कारण वर्सेनी सैयौ अर्ब डलरको नोक्सान हुनेछ ।
रिपोर्टका अनुसार उच्च तापमानका कारण धेरै मानिस मर्नेछन् । मध्य पश्चिममा उच्च तापमानकै कारण वर्सेनी २०९० सम्म थप मानिसको मृत्यू हुने अनुमान लगाइएको छ । अमेरिकाका वल्र्ड रिसोर्सेज इन्सटिच्यूटका निर्देशक ड्यान लाशोफले आइएनएसलाई भनेका छन्,“जलवायु परिवर्तन थप तीव्र दरमा बढेको यो रिपोर्टको सन्देश छ । यो जोरदार, स्पष्ट र निर्विवाद छ ।” क्यालिफोर्नियामा लागेको आगोले यसको संकेत दिएको छ कि जलवायु परिवर्तन आगामी दिनमा कति हानिकिारक हुन सक्छ । यसले थप मानिस, घर तथा अर्थव्यवस्था प्रभावित हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्