Logo

नबिल बैंकको सचेतना कार्यक्रम

नबिल बैंकले ग्राहकहरुलाई समय सुहाउँदो सेवाहरु प्रदान गर्दै आउनेक्रममा सचेतनाका कार्यक्रम पनि सुरु गरेको छ । सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारे जानकारी प्रदान गर्नका लागि बैंकले चेतनामूलक भिडियो बनाएर सचेतना कार्यक्रम ल्याएको हो । यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ । जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उसलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै हालसम्म पनि बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने सन्देश भिडियोले दिएको बैंकको दावी छ । नबिल बैंकले बिगतमा ल्याएका भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको कुरो यो भिडियोले सरल ढंगमा प्रस्तुत गरेको बैंकको दावी छ । नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएमहरुको संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्