हाकिमको अनुमती बिना गर्भवती भए सजाय !

सिजियाजुआङ-आमा बन्नु विश्वमै सर्वाधिक सुखद क्षण हो । तर यसमाथि पनि कसैले आदेश सुनाउन थाले पनि कत्तिको सही हो यो सम्झन कुनै ठूलो कुरा होइन । एक चिनियाँ कम्पनीले आफ्नो महिला कर्मचारीलाई गर्भवती भएपछि यस्तो आदेश जारी गरेको छ, यो सुनेर जो कोही पनि अचम्मितट हुन्छ । कम्पनीले महिला कर्मचारीलाई स्पष्ट रुपमा भनेको छ कि यदी उनले गर्भपतन गराइनन् भने गम्भिर परिणाम भोग्नका लागि तयार हुनु । यो चेतावनी उनलाई यस कारण दिइएको थियो कि उनले गर्भवती हुनु पहिले आफ्नो हाकिमलाई यसको बारेमा जानकारी गराएकि थिइनन् ।
उनलाई कम्पनीका हाकिमले यात गर्भपतन गराउनु या आर्थिक दण्ड भोग्नका लागि तयार हुनुपर्ने चेतावनी दिएका थिए । यदी गर्भवती महिलाले गर्भपतन नगराएमा उनले आर्थिक दण्ड भोग्नु पर्ने भएको छ । दण्ड स्वरुप उनको तलब काटिने ट वा घटुाव गरिने बताइएको छ ।
एक बैंकको महिला कर्मचारीले अक्टोबरमा सिजाजुआङ इम्प्लोइ सर्भिस सेन्टरमा मद्दत मागेपछिको समयमा यस किसिमको प्रेग्नेन्सी नीति आएको हो । यी महिलाले भनेकि छन् कि उनले हाकिमको अनुमती बिना गर्भवती भएकी थिइन र उनलाई गर्भपतन वा दण्ड मध्ये एक छान्नका लागि भनिएको थियो । अन्य महिलालाई पनि यसै किसिमको सजाय मिल्ने उनले बताएकि छन् ।
स्थानिय सञ्चार माध्यमका अनुसार बैंकसँग संस्थाले पनि तुरुन्त बैठकको आयोजना गरेको छ । बैठकपछि यस किसिमको प्रेग्नेन्शी पोलिशीलाई तुरुन्त हटाउनका लागि आग्रह गरिएको छ ।