बिओकेद्वारा काठमाडौं क्यापिटलको सेयर खरिद «

बिओकेद्वारा काठमाडौं क्यापिटलको सेयर खरिद

बैंक अफ काठमाण्डूले काठमाडौं क्यापिटल मार्केटको दुईतिहाई संस्थापक सेयर खरिद गरेको छ । काठमाडौं क्यापिटल मार्केट घितोपत्रबोर्ड द्वारा लाइसेन्स प्राप्तमर्चेन्ट बैकिङ कम्पनीहो । बैंकको तर्फबाट काठमाडौं क्यापिटल मार्केट्सको सञ्चालक समिति अध्यक्षमा चेतन वरसिंह थापा तथा सदस्यहरुमा महेश मिश्र र दीपक गौतम मनोनित भएका छन् । यस सेयर खरिदपश्चात बैंकले उक्त कम्पनीमार्फत मर्चेन्ट बैकिङसम्बन्धी सुविधाहरु प्रदान गर्ने सक्नेछ । बैंकले आर्थिक वर्षको २०७४/७५ को प्रथम त्रैमासिकको अन्त्यमा कुल निक्षेप ६९.१५ अर्ब रुपैयाँ तथा कुल कर्जा ६२.३३ अर्ब रुपैयाँ रहेको छ । बैंक अफ काठमाण्डूले हाल ७२ शाखा, ७२ एटीम, ८ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बिन्दुहरुबाट सम्पुर्ण बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्