सुशासनका लागि कानुनको शुद्धता आवश्यक : सभामुख «

सुशासनका लागि कानुनको शुद्धता आवश्यक : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भूूमिका खेल्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख सापकोटाले सुशासनको क्षेत्रमा महत्वपूर्ण विधि, विधान, नीति निर्माण र कानुन भएको भन्दै सुशासन कायम गर्नको लागि कानुनको शुद्धता, पवित्रता र काननुको गुणस्तरले सबैभन्दा बढी भूमिका खेल्ने बताएका हुन् ।
कानुनमा भएका स–साना छिद्र भित्र पसेर ठूला अत्याचार हुने गरेको भन्दै उनले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । सभामुख सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मूल्यमान्यताहरुलाई आत्मसात गर्न खोजेको बताए । संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उनले संविधानलाई अझैपनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको र सो को लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्