प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेदेखि «

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।
नेपाल सरकारको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।
सोमबार नै सरकारले संसद् अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरे पनि सर्वोच्च अदालतले यही फागुन ११ गते संसद् पुनस्र्थापना गरी १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्