बर्जरको वेदरकोट एन्टी डस्ट पेन्ट «

बर्जरको वेदरकोट एन्टी डस्ट पेन्ट

 नेपालमा रङ उत्पादन गर्ने कम्पनीहरु मध्ये एक ठूलो रङ उत्पादक बर्जरले नेपालमा वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवं बिक्री वितरण शुरु गरेको छ । नेपालमा द्रुततर गतिमा अघि बढिरहेका निर्माण कार्यहरु, सवारी साधनहरुले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो नेपालको हरेक क्षेत्रमा एक जल्दोबल्दो समस्या बनिरहेको छ । यसप्रकारले हावामा उडिरहेको धुलो बाहिरी भित्ताहरुमा टाँसिएर ती भित्ताहरुलाई पुरानो र फोहोर । साथै यसरी जमेर बसेका धुलोले रङ र बाहिरी भित्ताहरुको आयु घटाउँदछ ।
बर्जर पेन्ट्स नेपालले पहिलो पटक डस्ट गार्ड टेक्नोलोजीसहितको एन्टि डस्ट पेन्ट प्रस्तुत गरेको छ । वेदरकोट एन्टि डस्ट पेन्टले तपाईंको घरको बाहिरी भित्ताहरुमा धुलो टिक्न दिंदैन र धुलोबाट छुटकारा दिलाउँछ, जसले गर्दा घर हरेक दिन नयाँ र चम्किलो देखिन्छ । यस उत्पादनको पेन्टको बिक्री शुभारम्भका अवसरमा कम्पनीका प्रतिनिधिले भने, “हामी सदैव हाम्रो गुणस्तर, इनोभेसन र ग्राहकको सन्तुष्टिका लागि कटिबद्ध रहने गर्दछौं । हामीले औद्योगीक क्षेत्रमा उच्चदरको वृद्धिका साथ अभूतपूर्व सफलता हात पार्नुको एक कारण यही नै हो । एक कम्पनीको रुपमा हामी अझ बढी अत्याधुनिक इनोभेटिभ उत्पादनहरुको विकास गर्ने चुनौतीहरुलाई पार गर्न प्रतिबद्ध छौं ।” उत्पादनहरुको गुणस्तरमा निरन्तर सुधार ल्याउन र ग्राहकको बदलिदो चाहानाहरुलाई अधिकतम सन्तुष्टि प्रदान गर्दै आइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्