प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा थापा «

प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा थापा

रुकुम- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुकुम पश्चिमको अध्यक्षमा जयबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा भएको पाँचौं जिल्ला अधिवेशनबाट थापाको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।
उपाध्यक्षमा विमलकुमार शर्मा, सचिवमा यामराज मल्ल, सहसचिवमा डिलबहादुर नाथ, कोषाध्यक्षमा हरिभक्त भण्डारी र सहकोषाध्यक्षमा निमाकुमारी बूढा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सुरेश पुन, हिमबहादुर केसी, धर्मभक्त मल्ल, क्षेत्रबहादुर ओली, शर्मिला केसी शाही र नन्दराज केसी रहेका छन् । प्याब्सन रुकुम पश्चिममा ३२ वटा विद्यालय आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्