१ रुयैयाँ दान लिएर ‘विश्व शान्ति स्यांक्चुरी’ «

१ रुयैयाँ दान लिएर ‘विश्व शान्ति स्यांक्चुरी’


नेपालकै पर्यटकीय गन्तब्यको रुपमा चिनिएको गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा १ रुपैयाँमा १ मुठ्ठी दान लिएर विश्व शान्ति स्यांक्चुरी (शान्तिको लागि बन्न लागेको शान्ति–भवन) बन्ने भएको छ । गौतम बुद्धकोको बारेमा अझै बढी गोज अनुसन्धान गर्ने, अझै विश्वव्यापी रुपमा शान्तिको सन्देश फैलाउने, पर्यटकीय आकर्षण बढाउने लक्ष्यका साथ विश्व शान्ति स्यांक्चुरी निर्माण गर्न लागिएको हो ।
विश्व शान्ति स्यांक्चुरीका अभियन्ता श्याल्पा तेन्जिङ रिम्पोचले नेतृत्व गरेर निर्माण गर्न लागिएको छ । विश्वका धेरैभन्दा धेरै मानिसहरुको अपनत्व रहोस् भन्ने लक्ष्यका साथ जम्मा प्रतिव्यक्ति १ रुपैयाँ सहयोगको उपेक्षा गर्दै निर्माण थालनीको काम अगाडी बढिसकेको छ । आगामी ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको हो । श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको स्यांक्चुरीलाई विश्वकै ठूलो शान्ति स्मारक भनिएको छ । जहाँ सभाहलसहितको भवन बनाउने तयारी गरिएको हो ।
श्याल्पा तेन्जिङ रिम्पोचेले पिस स्यांक्चुरी विश्वभरिका मानव समुदायको नै सम्पत्ति भएको यसले लुम्बिनीमा अझै बढी शान्तिको अनुभूति गराउने तथा विश्वसमुदायमा प्रचार प्रसार बढ्ने बताए । “त्यसलाई सबैको प्रयत्नमा बनाउनुपर्ने आवश्यकता महासुस भयो र हामीले धेरै होइन, एक व्यक्ति एक रुपैया दान मागेका हौं” उनले भने, “सर्वसाधारणको एक–एक रुपैयाँ सहयोगबाट नेपालमा विश्वकै प्रतिष्ठित शान्ति स्यांक्चुरी बनाउने संकल्प लिएका छौं, यहाँ एउटा हल हुने छ, म्यूजियम रहने छ, शान्ति लाइब्रेरी, मेडिटेशन कोठा, शान्ति ईन्टिच्युड रहने छ ।”
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको उक्त ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट समेत सार्वजनिक भइसको छ । शान्तिको लागि बन्न लागेको शान्ति–भवन ‘स्यांक्चुरी’ सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो । पिसस्यांक्चुरी डट ओआरजी नामको उक्त वेबसाइटबाट विश्व शान्ति स्यांक्चुरीबारे विस्तृतमा जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्