Logo

उद्योगी राणाको निधन

saurya rana -karobar pic


नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा व्यवसायी सौर्य राणाको आइतबार बिहान निधन भएको छ ।
तारा म्यानेजमेन्टका अध्यक्षसमेत रहेका राणा थोरै बोल्ने तर नेपाल–भारत व्यापार सुधारमा तर्कसहित कुरा राख्न सक्ने व्यवसायी भएको उनीसंग लामो समय काम गरेकाहरु बताउँछन् । केही दिनअघि मेडिसिटी अस्पतालमा मुटुको अप्रेसन गराएका राणाको आइतबार बिहान निधन भएको हो ।
आइतबार नै उनको अन्तिम संस्कार पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा गरिएको छ । वि.संं २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध राणा नेपाल अटोमोबाइल्स एसोसिएसनलगायत धेरै संघसंस्थामा आबद्ध थिए । भारत, बेलायतलगायत विभिन्न देशमा काम गरेर नेपाल फर्केका राणाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्