Logo

अध्यक्ष भट्टलाई पितृशोक

टीबीआई ग्रुप तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । भट्टका पिता यदुप्रसाद भट्टको ७५ वर्षको उमेरमा आइतबार जापानमा निधन भएको हो । स्व. भट्ट फोक्सोमा समस्याका कारण जापान रेडक्रस मेडिकल सेन्टरमा उपचाररत थिए ।
वि. सं. २००१ मा गोरखाको भीमसेन गाउँपालिका कुबिन्डेमा जन्मिएका भट्ट राजनीति र समाजसेवामा सक्रिय थिए । वि. सं. २०३९ मा वाणिज्य सहायकमन्त्री भएका स्व. भट्टका एनआरएनए अध्यक्ष भट्टससहित टीबीआई पब्लिकेसन्सका प्रबन्ध निर्देशक शिशीर भट्ट, निर्देशक उज्वल भट्टलगायत तीन छोरा, तीन छोरी र श्रीमती छन् ।
अन्त्येष्टिका लागि स्वर्गीय भट्टको शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ । कारोबार दैनिक दिवंगत आत्माको शान्तिको कामना गर्दै शोक संतप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्