सन् २०१८ मा एआईका ठोस रूप

अन्तर्राष्ट्रिय रूपमा प्रविधिबारे सर्वाधिक चर्चा, बहस र विवादको विषय कृत्रिम बौद्धिकता (एआई) रहेको छ । सन् २०१७ मा एलन मस्कदेखि मार्क जुकरबर्गसम्म यस विषयमा उत्पन्न बहसमा सहभागी हुदै आएका छन् । तर, सन् २०१८ मा एआईका ठोस रूप देखिने विषयमा विभिन्न व्यक्तिले आआफ्ना धारणा व्यक्त गरेको पाइएको छ ।
माइक्रोसफ्ट एसियाका अध्यक्ष राल्फ हउप्टर भन्छन्, “मेरो विश्वास छ, सन् २०१८ मा एआई मुख्यधारा भएर आउनेछ । हाम्रो जीवनमा यो साँच्चै सर्वव्यापी एवं अर्थपूर्ण रूपमा प्रभाव पार्नेछ ।”
कम्प्युटरमा केही खालको बौद्धिकता छ भन्ने विषय आफैंमा नयाँ नभएको बताउँदै हउप्टरले भने, “सन् १९५० मा जतिखेर कम्प्युटरका अगुवा एलन टर्निगले मेसिनहरूले सोच्न सक्ने बताएका थिए ।” टर्निगले गरेका पूर्वानुमान करिब ७० वर्षपछि एआईको रूपमा आउँदै छ । हउप्टरले भने, “एआईको अवधारणा सर्वव्यापी रूपमा तीव्र गतिले यथार्थ बनिरहेको छ ।”
ती तत्वहरूको आम वितरण र इन्टरनेटसँग जोडिएका उपकरणबाट आउने भइरहेका छन् । यसले विशाल आँकडाहरूको प्रयोग गर्छ । यसमा क्लाउड कम्प्युटिङ र सफ्टवेयर लघुकणहरूले आँकडाहरूको प्रणाली पहिचान गर्न सक्ने क्षमता अभिवृद्धि गरिरहेका छन् ।
एआईको विकासका कथाहरू आगामी पुस्ताका लागि आउनेछन् । तर, यसको सुरुवाती आधारहरूमा आठ किसिमले मानिसहरूको जीवनलाई सन् २०१८ मा प्रभावित गर्न थाल्नेछ ।
पहिलो विषय हरेक व्यक्तिसँग भर्चुअल असिस्टेन्ट हुनेछ । यो भर्चुअल असिस्टेन्ट धेरै चलाख हुन गइरहेको छ ।
एनभीआईडीआईएका वरिष्ठ अनुसन्धान वैज्ञानिक अलेजेन्ड्रो ट्रोसोली भन्छन्, “निजी सहायक (पर्सनल असिटेन्ट) का रूपमा एआई धेरै चलाख हुन गइरहेको छ । हाम्रा निजी सहायकलाई हाम्रा दैनिक क्रियाकलापबारे धेरै जान्नुपर्ने हुन्छ । म कल्पना गर्न सक्छु, मलाई खाना तयार गर्नेबारे चिन्ता गर्नुपर्ने हुन्छ । मेरो एआईलाई मेरो रुचि, मेरो भान्सा भण्डार, साताको कुन दिन के पकाउने, किराना पसलबाट के ल्याउनुपर्ने हुन्छ जस्ता विषयका बारेमा थाहा हुन्छ ।”
दोस्रो मानिसको बोलीमा (भ्वाइस) आधारित गजेटहरूको निर्माण हो, जुन गजेटले मानिससँग काम गर्छ ।
टेक एनलाइसिस रिसर्चका अध्यक्ष, संस्थापक तथा प्रमुख विज्ञ बब ओडोनेल भन्छन्, “भोइस बेस्ड अस्टियान्टहरूको बढ्दो लोकप्रियताले यसको प्रयोग बत्तीदेखि टेलिभिजन र कारदेखि अन्य क्षेत्रमा व्यापक हुने देखिन्छ । यसका अतिरिक्त घरमा हुने वस्तुहरूका लागि पनि भ्वाइस बेस्ट असिस्टेन्टहरूको प्रयोग सुरुवाती अवस्थामा हुने देखिन्छ । खुद्रा विक्रेताहरूका लागि उपयोगी हुने यस्ता डिभाइसको विस्तार हुन सक्छ ।”
तेस्रो अनुहार पहिचान गर्ने एआई ठोस रूपमा आउने देखिन्छ । अरेन्ज सिलिकन भ्यालीका प्रमुख कार्यकारी, अरेन्ज इन्स्टिच्युटका अध्यक्ष जर्ज नाहोन भन्छन्, “नयाँ क्रेडिट कार्डमा अनुहारलाई (फेस) पहिचान गर्ने गरी नयाँ एआईको प्रयोग हुनेछ । फेस रिकगनिसनको प्रयोग सुरक्षाका लागि महत्वपूर्ण हुन्छ । यसको प्रयोगबाट स्टोरहरूमा लाममा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न सहयोग मिल्नेछ ।”
चौथो प्रतिष्ठानका मालिकहरूले एआईबारे बोल्न थाल्छन् ।
प्राइसवाटरहाउस कुपर्स यूएसका प्रमुख प्रविधि विज्ञ क्रिस कुरान र सो समूहका विश्लेषक आनन्द राव भन्छन्, “प्रतिष्ठानका मालिक प्रमुख कार्यकारी र व्यासायिक एकाइका अगुवाहरूलाई आफ्ना कर्मचारीसँग आधारभूत शब्दावलीका लागि संवाद गर्न एआईको माग गर्छन् । यो पाँचौ एआईले सञ्चार क्षेत्रका लागि उपयोगी बनाउने खालको विकास गर्नेछ ।
एनभीआईडीआईएस्थित भिज्युअल कम्प्युटिङ एन्ड मेसिन लर्निङ रिसर्चका वरिष्ठ निर्देशक जन काउत्स भन्छन्, “एआईको तीव्र विकासले नयाँ निजीगत सञ्चारको निर्माण गर्न सक्षम हुनेछ ।”
छैटौं भनेको समाचार र बजार प्रतिवेदन तयार पार्न एआईले काम गर्नेछ । सातौं कम्प्युटर सहानुभूति राख्ने खालको हुनेछ ।
टेक एनलाइसिस रिसर्चका अध्यक्ष, संस्थापक तथा प्रमुख विज्ञ बब ओडोनेल भन्छन्, “तपार्इंका कम्प्युटर सहानुभूति राख्ने खालका हुनेछन् । मानिसले प्रतिक्रिया व्यक्त गर्ने जस्तै एआईको प्रयोगबाट हुने कम्प्युटरले प्रतिक्रिया व्यक्त गर्न सक्ने हुनेछन् ।”
आठौं डाक्टरहरूले एआईको प्रयोग गर्न गइरहेका छन् ।
म्यास्याच्युटस जेनरल हस्पिटल एन्ड ब्रिघम एन वुमन्स सेन्टर फर क्लिनिकल डेटा साइन्सका कार्यकारी निर्देशक मार्क मिकालस्की भन्छन्, “सन् २०१८ चिकित्सा क्षेत्रमा एआईको प्रयोग हुने वर्ष हुनेछ । चिकित्सा क्षेत्रका आधाजति प्रणालीमा एआई प्रविधि जडान भइसक्नेछन् । कस्ता बिरामीलाई कस्तो उपचारको आवश्यकता छ, त्यसबारे ठोस निर्णय गर्न यसको प्रयोग हुनेछ । यसको प्रयोग डाक्टरहरूले गर्नेछन् ।”