प्रधानमन्त्री ओलीले रंगशाला अवलोकन गर्ने

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा रंगशालाको अवलोकन भ्रमण गर्ने भएका छन् । यही फागुन १७ गते नेकपा (ओली समूह) प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएको अवसरमा प्रधानमन्त्री ओलीलाई रंगशालामा अवलोकन भ्रमणसमेत गराउने तयारी सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले बताए ।
पोखरा रंगशालामा थप भौतिक पूर्वाधार निर्माणमा सहयोग पुग्ने गरी आफूहरूले प्रधानमन्त्रीलाई रंगशालामा भ्रमण गराउन लागिएको उनले जनाए । उनले भने, “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल पोखरा रंगशालामा हुने भएको हँुदा स्विमिङपुल, सुटिङ ट्रेनिङ सेन्टर र फुटबल स्टेडिएममा राखिने बत्ती तत्काल आवश्यक भएको छ ।” १ अर्ब २८ करोडको परियोजना पोखरा फुटबल स्टेडिएमको अन्तिम काम हाल अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै राखेप सदस्य गुरुङले बजेट निकासामा ढिलाइ भएसँंगै हाल निर्माणकार्य अलपत्रजस्तैै भएको उल्लेख गरे । उनले नवौं राष्ट्रिय खेलकुद तयारी स्वरुप पनि प्रधानमन्त्रीलाई पोखरा रंगशालामा अवलोकन गारउने भएको उनले जनाए । प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने भएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवाल आइतबार पोखरा आउने कार्यक्रम रहेको सदस्य गुरुङले जनाए ।