संचारकर्मीलाई कोभिड छात्रवृति २०२१ घोषणा «

संचारकर्मीलाई कोभिड छात्रवृति २०२१ घोषणा

पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौं बबरमहलस्थित पोलिगन कलेजले स्नातकोत्तर तहमा आमसंचार र पत्रकारिता पढन चाहने संचारकर्मीको लागि कोभिड —१९ छात्रवृति घोषणा गरेको छ ।

धेरै संचारकर्मीहरुले जागिर गुमाउनुपरेकोले र धेरैको आयमा कटौती भएकोले उनीहरुको पढ्ने चाहनाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृति घोषणा गरिएको कलेजका प्रिन्सिपल अविरल थापाले जानकारी गराए । पढन् चाहने सबैलाई ५० प्रतिशत र शुन्य आय भएका र पिछडिएका समुदाय वा वर्गकालाई समस्या पहिचान गरि शत प्रतिशत सम्म छात्रवृति दिईने पनि उनले जानकारी दिए । त्यस्तै महिला संचारकर्मीहरुको पढाईमा अझ स्तरोन्नति होस र पढनेहरुको संख्या पनि बढोस् भन्ने हेतुले विशेष छात्रवृतिको व्यवश्था गरिएको छ ।

संचारकर्मीहरुले यही फागुनभरि यो छात्रवृति मार्फत २०२१ व्याचको लागि भर्ना गर्न सक्नेछन् । पोलिगन कलेजले सन् २०१० देखि स्नातकोत्तरमा र आगामी शैक्षिक सत्रदेखि स्नातक र पोष्ट ग्रयाजुएट डिप्लोमा कोर्ष पनि संचालन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्