महासंघले बिस्तार गर्यो सूचना तथा सञ्चार प्रविधि समिति

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धिताल र नेपाल सरकारका पूर्वसहसचिव वीरेन्द्र मिश्र छन् ।
समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका दीपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी र नेपाली युवा उद्यमी मञ्चका सुरक्षा अधिकारी छन् ।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएकोले सोे दस्तावेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्वपूर्ण सुझावको अपेक्षा गरेको बताए । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव दिए ।
प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पारे । अध्यक्ष गोल्छाले भने, आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको हो ।उनले आइसीटीको विकासका लागि प्राथमिकता तय गर्न समितिलाई सुझाव दिएका हुन् ।