‘सत्ता समीकरणबारे पछि निर्णय हुन्छ’ «

‘सत्ता समीकरणबारे पछि निर्णय हुन्छ’

नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसदीय प्रक्रिया सुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने निष्कर्ष निकालेको छ ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय प्रक्रिया सुरु हुनु अगाडि नेपाली कांग्रेसको केही भूमिका नहुने भन्दै संसदीय प्रक्रिया आरम्भ भएपछि सत्ता समिकरणलगायतका बारेमा निर्णय लिने निष्कर्ष निकालेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया कसरी अगाडि बढ्छ त्यसैअनुसार आफ्नो पार्टीले सल्लाह गरेर काम गर्ने बताए ।
संसदीय प्रक्रिया अगाडि नबढी नेपाली कांग्रेसको भूमिका नहुने पौडेलको भनाइ छ । उनले भने, “संसदीय प्रक्रिया सुरु भएको छैन । संसदीय प्रक्रिया केही अगाडि नबढीकन नेपाली कांग्रेसले अहिले गर्ने भूमिका खासै केही छैन । पहिले प्रक्रिया अगाडि बढोस् कसरी आउँछ, त्यहीअनुसार हामीले हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौ ।”
वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा नेपाली कांग्रेसले सन्तोष मानेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्