महेन्द्रनारायण निधिको प्रतिमा अनावरण «

महेन्द्रनारायण निधिको प्रतिमा अनावरण

नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ ।
काठमाडौंको वसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालभित्र निधिको प्रतिमा स्थापना गरिएको हो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गरेका हुन् । सो अवसरमा उपसभापति निधिले अस्पतालको नवनिर्मित भवनसमेत उद्घाटन गरेका थिए । तराई मधेसबाट स्थापित नेताहरूमध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्