उद्योग बाणिज्य परिषद्को भेला धुलिखेलमा

काभ्रे-नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको उद्योग बाणिज्य परिषद्को भेला धुलिखेलमा सम्पन्न भएको छ । भेलामा उद्योगको समस्याको पहिचान तथा समस्या समाधानका बारेमा, साना उद्योगीहरुलाई सवल र सक्षम बनाउने, उद्योगहरु विभिन्न दर्ता गर्ने भन्दा एकद्वार अनुसार दर्ता प्रक्रियाका लागि सरकारसँग माग गर्ने, उद्योगीहरुलाई प्रशिक्षित गर्ने विषयमा छलफल भएको परिषदका संयोजक एवं उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
भेलामा उद्योग बाणिज्य संघमा ५० प्रतिशत शक्ति ओगटेको जिल्ला नगर उद्योग बाणिज्य संघलाई कसरी बलियो बनाउने भन्ने बिषयमा समेत छलफल भएको थियो । भेलाले सदस्यहरुको आर्थिक तथा भौतिक सहयोग गर्नको लागि कोष स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो ।
भेलामा परिषदका निर्वाचित ३४ तथा मनोनित १७ गरी ५१ सदस्यको सहभागिता रहेको थियो । छलफलमा ७ वटै प्रदेशका उद्योग बाणिज्य संघका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । फागुन १२ र १३ गते धुलिखेलमा आयोजना भएको भेलाको केन्द्रीय अध्यक्ष शेखर गोल्छाले उद्घाटन गरेका थिए ।