सुनकोसी मरिनको सुरुङ खन्ने तयारी

टीबीएममार्फत खन्न चैत्र पहिलो सातादेखिनै तयारी
राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।
भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनामा जस्तै टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् सुरुङ निर्माण हुन लागेको आयोजनाको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको हो । १४ कम्पनी बोलपत्रमा सहभागी भएकोमा प्राविधिकरुपमा योग्य छानिएका चारमध्ये सबैभन्दा कम १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा चिनियाँ कम्पनीले पाएको आयोजनाले जनाएको छ । २७ महिनाभित्र १३.३ किलोमिटर सुरुङ सम्पन्न गर्ने गरी कम कबोल गरेको चिनियाँ कम्पनीलाई निर्माणको ठेक्का दिइएको आयोजना निर्देशक सुशील आचार्यले जानकारी दिए । “निर्माणको ठेक्का कम्पनीलाई दिइसकिएको छ, सुरुङसँगै यस सम्बन्धित काम पनि सोही कम्पनीले गर्नेछ, आगामी चैत्र पहिलो सातादेखि यसका लागि पूर्व तयारीका काम सुरु गर्न लागिएको छ” उनले भने, “मुख्य सुरुङको टीबीएममार्फतको निर्माण कार्य भने एक वर्षपछि सुरु हुनेछ, यसमा ५.५ मिटर ब्यास (मोटाइ) भएको सुरुङ बन्नेछ, पाँच वर्षभित्र पूरै आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।” आयोजनाका अनुसार, भेरी बबईमा ४.२ मिटर ब्यास भएको सुरुङ टीबीएममार्फत निर्माण भएकोमा यो त्योभन्दा यो आयोजना ठूलो हो ।
आयोजनाका अनुसार, ३१ मेगावाट विद्युत्समेत उत्पादन हुने सो बहुउद्देश्यीय आयोजनाबाट बाग्मती सिँचाइ आयोजनाको सिँचाइ प्रणालीको सदुपयोग र विस्तार गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरी योजना पु¥याउने योजना छ । सिन्धुली जिल्लाको खुर्कोट क्षेत्रस्थित सुनकोसी नदीमा बाँध बाँधेर ६७ घनमिटर प्रतिसेकेन्ड पानीलाई सुरुङमार्फत मरिन नदीमा मिसाइने योजना छ । आयोजनाबाट तराई क्षेत्रमा भरपर्दो रुपमा सिँचाइको व्यवस्था भई उत्पादन वृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सुरुङबोहकका हेडवर्कस, विद्युत् गृह, सर्ज–पोडलगायतका सिभिल संरचनाहरुको विस्तृत इन्जिनियरिङ डिजाइन (डीईडी) सम्पन्न भएको र चालु वर्षको अन्त्यसम्ममा निर्माण सुरु गर्ने लक्ष्य राखिएको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।
आयोजनाले सामाजिक विकास कार्यक्रमअन्र्तगत सुनकोसी मरिन बहुउद्देश्यीय आयोजनाले सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यक्रमहरु सञ्चालन गर्नेछ । यसअन्तर्गत हेडवर्कसको डुबान क्षेत्र र मरिन नदीमा निर्माण हुने विद्युत् क्षेत्रमा सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, नदी नियन्त्रण, खानेपानी, विद्यालय सुधार सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने योजना रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार, आयोजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित समुदायमा विभिन्न सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।र् क