टिभिएस ग्रेण्ड एक्सचेन्ज मेला आजदेखि «

टिभिएस ग्रेण्ड एक्सचेन्ज मेला आजदेखि

नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहिबारदेखि एक्सेचेन्ज मेलाको आयोजना गरेको । भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला ५ दिनसम्म आयोजना हुने बताइएको छ । मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरको सट्टमा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् ।
एक्सचेन्ज मेलाअन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयासम्म मुल्यांकन पाउने कम्पनीले जनाएको छ ।
यस्तै मेलामा नयाँ सवारी खरिदमा १२ हजार रुपैयाँसम्मको आकर्षक छुटकोसमेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसैगरी सुरुवाती १८ महिनासम्म शुन्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागिसमेत उत्साहजनक रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्