वित्तीय कर्मचारीको क्षमता अभिवृद्धि गर्न सम्झौता «

वित्तीय कर्मचारीको क्षमता अभिवृद्धि गर्न सम्झौता

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल र सेन्चुरीयन युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्टबीच समझदारी भएको छ । सम्झौतासँगै नेपालको वित्तीय क्षेत्रका कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यही फ्रेबुअरी २२ बाट २६ सम्म बिफिन र सियुटिएमको संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर उडिसामा सञ्चालन गरिएको ५ दिने अभिमुखीकरण तालिमका क्रममा एमओयुमा हस्ताक्षर भएको हो ।
उक्त एमओयूको उद्देश्य दुई संस्थाको समन्वयमा प्रदान गर्ने तालिम, गोष्ठी तथा सेमिनार, शिक्षा तथा अनुसन्धान र परामर्श सेवा, सीप विकास कार्यक्रम, एसएमई विकास, सूचना प्रविधि तथा अन्य सम्बद्ध सेवाहरु सञ्चालन र समन्वय गर्नेलगायत प्राविधिक तथा व्यवसायिक संस्थान÷कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सञ्चालन गरी बिफिनर अन्य बैंक तथा वित्तीय संस्थालाई पनि प्राविधिक सेवा उपलब्ध गराउने सहमति पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्