ओलीले आत्मालोचना गरे एकता : प्रचण्ड–माधव «

ओलीले आत्मालोचना गरे एकता : प्रचण्ड–माधव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आह्वान गरेको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनै पनि कारणले फुटवादी गुटमा लागेका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो । बैठकले आत्मालोचना सहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष समेत निकालेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधान अनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहर समेत गरेको छ । अदालतको निर्णयले प्रतिनिधि सभा पुनस्र्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्