प्रधानमन्त्रीले राजीनामा दिँदा राम्रो : देउवा «

प्रधानमन्त्रीले राजीनामा दिँदा राम्रो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।
बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्तिः आजको सन्दर्भमा’ विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पु¥याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् ।
तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दवाव नदिने उनले बताए । सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको उनले बताए ।
सभापति देउवाले नेपाली कांग्रेसप्रति आकर्षण बढेको पनि बताए । कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको उनले बताए । प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढिकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताए । उनले कसैले पनि कुनै बहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्