व्यवसायीलाई करदाता शिक्षा «

व्यवसायीलाई करदाता शिक्षा

smart

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा घोराहीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला र कर अधिकृत नारायण रिजालले व्यवसायीहरुलाई कर बारेका जानकारी दिएका थिए ।
उनीहरुले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता विना व्यवसाय गर्दा हुने कारवाही, मिस म्याचको समस्या, हिसाब किताब राम्रोसँग राख्न नसक्दा हुने समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या लगायतका बारेमा जानकारी दिएका थिए ।
व्यवसायीलाई आफूले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न समेत आग्रह गरेका थिए । उनीहरुले आफूहरु व्यवसायीहरुलाई जरिवना तिराउनु भन्दा पनि सचेतनालाई प्राथमिकता दिएर अगाडी बढेको बताए । व्यवसायीलाई केही समस्या भए जुन सुकै समयमा जानकारी दिन तयार रहेको उनीहरुले बताएका थिए ।
घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकले तिरेको कर नागरिकको विकासमा नै खर्च हुने बताए । त्यसैले कर करले नभइ रहरले तिर्नु पर्ने उनको भनाइ छ । करको विषयमा हेर्ने दृष्टिकोण परिवर्तन जरुरी रहेको चौधरीले बताए । कर लिने प्रणाली पहिले भन्दा अहिले परिवर्तन हुँदै गएको बताए । व्यवसायीहरुले आम्दानी अनुसार कर आयकर तिर्न भएकाले त्यसै अनुसार अगाडी बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्