वेस्टर्न युनियन खुसीको पर्वको बम्पर पुरस्कारको घोषणा

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूको महान चाड विजया दशमी, शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा ग्राहकहरू माझ ‘खुसीको पर्व’ योजना ल्याएको थियो । उक्त योजना कात्तिक मसान्तबाट समापन भएको छ । खुसीको पर्व योजनाअन्तर्गत आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गरेका थिए । योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक ५५ दिनसम्म १५ हजार रुपैयाँ जितेका थिए भने यसै योजनाको बम्पर पुरस्कार घोषणा ०७५ मंसिर ३ गते सांग्रिला होटल, लाजिम्पाटमा गरिएको थियो जसमा छिरिङ वान्ग्मोले बम्पर उपहार स्वरुप नगद ५ लाख रुपैयाँ जितेका छन् । उक्त खुसीको पर्व योजनामा सहभागी हुनका लागि वेस्टर्न युनियन सातवटा मुख्य एजेन्टहरू अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटेन्स प्रालि, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालि र तिनका नेपालभरका सब एजेन्टमार्फत रकम प्राप्त गर्नुपर्ने थियो । खुसीको पर्व योजना यही ७ असोज, ०७५ देखि कात्तिक मसान्तसम्म लागू गरिएको थियो ।