दाङमा १ लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने «

दाङमा १ लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने

दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मूल मान्यता र उद्देश्य अनुसार भलिवल खेलको विकाससँगै नयाँ प्रतिभाहरूको विकास गर्ने उद्देश्यले नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भलिबल प्रतियोगिता हुन थालेको हो ।
आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिता यहि फागुनको १५ गतेदेखि १८ गतेसम्म तुलसपुरको अरनिको मैदानमा हुन थालेको नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमहरूले आफ्नो टिममा तीन जना राष्ट्रिय खेलाहरूलाई सहभागी गराउन सक्ने महासचिव चन्दले जानकारी दिए ।
‘खुला पुरुष प्रतियोगिता भएकाले देशभरबाट टिम आउँदैछन् । त्यसका लागि हामीले नियम बनाएका छौं,’ महासचिव चन्दले भने, ‘जसअनुसार प्रतियोगितामा सहभागी हुने टिमले आफनो सेटमा ३ जनासम्म राष्ट्रिय टोलीमा सहभागी खेलाडीहरूलाई सहभागी गराउन सक्नेछन् ।’ उनले प्रतियोगितालाई खेलकुदको विकाससँगै पर्यटन र व्यापार व्यवसायको वृद्धि हुने गरी प्रतियोेगिता सञ्चालन गरिएको बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव चन्दले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दोस्रो हुने टिमले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाण, तेस्रो हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्तवना हुने टिमले नगद १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । आयोजकले प्रतियोगितालाई सफल बनाउनका लागि सवैसँग आग्रह समेत गरेको छ । त्यसैगरी प्रतियोतिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई उत्कृष्ट खेलाडीका रूपमा सम्मान स्वरुप नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनएको छ । त्यसैगरी उकृष्ट स्पाईकर, उकृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्वीकरलाई समान ३-३ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक टिमले जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताका लागि अहिलेसम्म ८÷९ वटा टिमहरू आएको भन्दै यो बढ्ने बताए । ‘प्रतियोगितामा सहभागीताका लागि १३ गतेसम्म समय छ, जसमा अहिले सम्म ८÷९ वटा टिमहरू सम्पर्कमा आएका छन्,’ उनले भने, ‘यही १३ गतेसम्म टिम दर्ताको समय भएकाले सहभागी टिमहरू बढ्ने छन् ।’ प्रतियोगितामा सहभागी टिमका लागि शुल्क ५ हजार राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्