उत्कृष्ट करदाता मिलीजुली साकोस सम्मानित «

उत्कृष्ट करदाता मिलीजुली साकोस सम्मानित

दोलखा-चरिकोटमा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । नेपाल सरकारलाई आर्थिक वर्ष २०७३।७४ मा धेरै कर तिरेबापत दोलखाको उत्कृष्ट करदाताको रूपमा मिलीजुलीलाई सम्मान गरेको छ ।
दोलखा उद्योग वाणिज्य संघले सातौं कर दिवस तथा कर सप्ताहको अवसरमा बुधबार चरिकोटमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलले मिलीजुली सहकारीलाई सम्मान गरेको हो । दोलखाबाट नियमित र उउत्कृष्ट कर तिरेबापत मिलीजुलीलाई सम्मान गरेको आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत डम्बरुप्रसाद पराजुलीले बताए । मिलीजुली सहकारी यसअघि पनि आर्थिक वर्ष ०७०/`७१ मा पनि आन्तरीक राजस्व कार्यालयबाट पनि उत्कृष्ट करदाताको रूपमै सम्मानित भएको थियो ।
मिलीजुली एसियाली ऋण महासंघबाट सिल्भर गोल्ड प्राप्त सहकारी हो । सम्मानपछि मिलीजुली सहकारीका कार्यबाहक अध्यक्ष कृष्णबहादुर गौतमले संस्थाले आफ्ना सेयर सदस्यहरूलाई नीति, विधि र प्रविधियुक्त सेवा तथा सुविधा प्रदान गर्दै आएको बताए ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले व्यवसाय गरेपछि राज्यलाई तिर्नुपर्ने कर व्यवसायीले कानुन अनुसार तिर्ने तर राज्यले पनि सोही अनुसारको सुविधान दिनुपर्ने बताए । अध्यक्षले एउटा सहकारी संस्था र व्यवसायीलाई एउटै कित्तामा राखेर मापन गर्न राज्यले नहुने बताए । सहकारी संस्थासँग एउटा व्यक्तिले करकै लागि प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्