ईश्वरपुर नगरपालिकामा वडाअध्यक्षले व्यक्तिको जग्गा मिचेर नहर खनाए «

ईश्वरपुर नगरपालिकामा वडाअध्यक्षले व्यक्तिको जग्गा मिचेर नहर खनाए

सर्लाही-भन्छि, संघीयता आयो, आम नेपालीको घर–घरमा सिंहदरबार आयो । गरिबको जनतको घरमा सिंह दरबार त आएन तर केही सामन्तवादी सोच भएका व्यक्तिहरूको घरमा सिंहदरबार पक्कै आयो । त्यसको सिकार गरिब, निमुखा जनता हुन पुग्यो । यसकै सिकार भएका छन्, ईश्वपुर नगरपालिका–९ कलावती चौक निवासी एक दम्पतीरामअधार पण्डित र सागरीदेवी पण्डित ।
पैसा र पावरको आडमा वडाअध्यक्ष अमिरीलाल साहले पदको दुरुपयोग गर्दै गरिब रामअधार पण्डितको ५२ फिट निजी जमिनमा बलपूर्वक डोजर प्रयोग गरी कुलो खन्नुको साथै भोग चलनमा रहेको ६.५ कठ्ठामा रहेको मकै २÷३ कठा, कर्माको बोट ९ थान, आँप ७, सिमल ३ सिसौं ३, बकाइन ५ र सपेताको ४७ वटा बोट गरी ३० लाख बराबरको रूख ढालिदिएका छन् ।
पीडित दम्पती न्यायका लागि स्थानीय निकाय, राजनीतिक दल, प्रहरी प्रशासन सबैको घरको ढोका ढक्कढकाए तर न्यायका लागि कोही अघि आएन ।

आम नागरिकहरू वडाअध्यक्ष अमिरीलाल साहको रवैयाका कारण आतंकित बनेका छन् । गएको कात्तिक महिनामा अमिरीलाल साह कै नेतृत्वमा मुसहर युवकमाथि निर्वाध कुटपिट गरिएको थियो । कात्तिक १० गते स्थानीय मुसहर समुदायका १९ वर्षीय गोविन्द माझीराती चोर हो भनी पक्राउ गरी घरमा थुनियो, भोलि ११ गते एक बिहानै अशोक रुखमा हातखुट्टा बाँधी वडाअध्यक्ष अमिरीलाल साहलगायत व्यक्तिले मर्नासन्न हुने गरी कुटपिट गरेको थियो । जुन टिभी टुडेले प्रकाशन गरेको थियो ।
वडाअध्यक्ष अमिरीलाल साह गाउँले अमिन लिएर आए । मैले उहाँलाई भने अध्यक्षज्यू, हामी गाउँले अमिनलाई मान्दैनौ, हामीलाई अदालतको अमिन चाहियो वा हामी रसिद कटाउँछौं, हामीलाई गाविसको अमिन चाहियो । तर, जत्ति भनेको बाजजुद उनले गाउँकै अमिन लिएर आएको पीडित रामअधार पण्डितले बताए । हामीसँग नै जमिन नाप्न लगाए । तर, हामीले गाउँले अमिनलाई मानेनौं । हाम्रो सासु आमाको अचानक मृत्यु भयो । हाम्रो परिवार शोकमा डुब्यो, त्यसकै मौका छोपी हाम्रो लाखौंको रूखहरू ढाली आफन्तलाई काठ बाँडिदिएको गुनासो गरे । रोड छेउमा पुरानो नहर भए पनि बल प्रयोग गरी वडअध्यक्ष अमिरीलाल साह, वडासदस्य नागेन्द्र राय यादवले हाम्रो ५२ फिट निजी जमिनमा डोजर प्रयोग गरी कुलो खनिदिएको गुनासो गरे ।
न्यायका लागि ३ महिना गाविसमा पुगे । त्यसपछि मेयर, उपमेयर, मन्त्री, राजनीतिक दल, प्रहरी प्रशासनलगायत सबै ढोका ढक्कढकाउन पुगे पनि कहीँ कतैबाट सहयोग नपाएको र कोही न्यायका लागि अघि नआएको दुखेसो पोखे ।
मुद्दा लडेदा पण्डितको घरबाट पैसा खर्च हुने, हामी त वडामा लागेको बजारबाट पैसा उठाएर लड्ने भनी वडाअध्यक्ष अमिरीलाल साह हामीलाई तर्साउँदै हिँडने गरेको पीडितको श्रीमती सागरी देवीले रुँदै भनिन् । हाम्रो जमिन फिर्ता गरभन्दा पनि तिमीलाई कुनै हालतमा न छोड्ने, तिम्रो जमिन कब्जा गरेर नै छाडने वडाअध्यक्ष अमिरीलाल साह, वडासदस्य नागेन्द्र राय यादवले धम्की दिने गरेको बताइन् । हाम्रो जमिनमा डोजर प्रयोग गर्दा आफू डोजर समात्न जादाँ वडाअध्यक्ष र वडासदस्यले यहाँबाट भाग्न, नत्र भने डोजरले पुरिदिने भनी धम्की दिए ।
वडाअध्यक्षले बलप्रयोग गरी गरिबको निजी जमिनमा डोजर प्रयोग गरेको स्थानीयवासी रामप्रकाश पण्डितले समेत बताए । वडाअध्यक्षले रोड छेउमा भएको नहर भत्काई सत्ता र पावरको आडमा निजी जमिनमा नहर खनिदिएको बताए ।
पीडित दम्पतीले भोग चलनमा समेत गरी आएको जग्गामा मकै बाली र आलीको छेउछाउमा विभिन्न जातका बोटबिरुवाहरू करिब २, ३ फिट मोटाइको रुख विरुवाहरू जथाभावी सल्लाहै नगरी आफूखुशी नियमविपरीत अतिक्रमण गरिएकोले वडाअध्यक्ष अमिरी लाल साह, वडासदस्य नागेन्द्र यादवलाई अविलम्ब काुननी कारबाही गरी नष्ट पारेको बोटविरुवा समेतको मुआब्जा दिलाई जग्गा छुटयाउनका लागि अमिन खटाई पाउँ भनी निवेदन दिए पनि स्थानीय निकायबाट न त वडाअध्यक्ष माथि कुनै कारबाही नै गरियो, न त मुआब्जा दिलाउनका लागि कुनै ठोस कदम चाल्यो । पीडित न्यायका लागि अदालतमा पुग्यो । तर अदालतमा दिएको मुद्दा फिर्ताका लागि पटक–पटक धाकधम्की दिँदै आएका छन् ।

अमेरिको १६ औं अश्वेत राष्ट्रपति अब्राहम लिंकनले प्रजातन्त्रको सिद्वान्त पहिलो पटक अघि सारे ।जनताद्वारा चुनिएको प्रतिनिधिद्वारा जनतामाथि गरिने शासनलाई प्रजातन्त्रको नाम दिईयो तर नेपालको सन्दर्भमा, यहाँका राजनितिक दलले परिभाषालाई परिमार्जित गर्दै जनताद्वारा चुनिएको प्रतिनिधिद्वारा जनतामाथि गरिने शोषणलाई प्रजातन्त्रको नाम दिईयो ।

राधेश्याम कुशवाहा

प्रतिक्रिया दिनुहोस्