श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने : पर्यटन मन्त्री ढकाल «

श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने : पर्यटन मन्त्री ढकाल

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रतिलिपि अधिकार : कानुनी व्यवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले परम्परागत रुपमा रहेको श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा समावेस गर्नुपर्ने बताउनुभएको हो । यस्तै रोयल्टी उठाउने र बाँडफाँड गर्ने कुराको सन्दर्भमा कानून र व्यवहारमा फरक पर्न सक्ने बताउनुभयो । यसको सुधारका लागि राज्यको उपस्थितिलाई कमी हुन नदिने पनि मन्त्री ढकालले बताए ।
कम्पनी राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णुकुमारी भट्टराईले रजिष्ट्रारको मुख्य काम प्रतिलिपि अधिकारको संरक्षण गर्ने, अभिलेखिकरण गर्ने, श्रष्टाहरूले प्राप्त गर्ने रोयल्टी सङ्कलन व्यवस्थापन र वितरण गर्ने रहेको बताए । श्रष्टाहरू एक भएर जान नसक्दा प्रतिलिपि अधिकारको विषय तल पर्ने गरेको बताए । प्रतिलिपि अधिकारको विषयलाई यस क्षेत्रको साझा मुद्दा बनाएर लैजान सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिलिपि अधिकार, बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा प्रभावकारी काम गर्न सकेमा मुलुकभित्र बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताए छ । कानुनी संरचना बलियो हुँदाहुँदै पनि जनचेतनाको अभावका कारण गीत, संगित, साहित्यको क्षेत्रमा पाइरेसीका घटनाहरू हुने गरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, चलचित्र तथा मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले श्रष्टा र सर्जकहरूको हक सुरक्षित गर्नुपर्ने बताए । यस क्षेत्रमा मुनाफा कमाउने र लगानी उठाउने ग्यारेन्टी नहुँदा कलाकारहरूको आर्थिक हक सुरक्षित हुन नसकेको बताए । श्रष्टा, सर्जकको मौलिक अधिकार कसैले पनि काटन नसक्ने तर आर्थिक अधिकार अझै पनि सुरक्षित हुन नसकेको बताए ।
कार्यक्रममा बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा बनेका कानुनहरूको जानकारी नहुँदा पाइरेसी हुने गरेकोमा वक्ताहरूले जोड दिए । यसको नियन्त्रणका लागि सरकारी तवरबाटै निगरानी बढाइनु पर्नेमा उनीहरूको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्