इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा लाहानमा «

इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा लाहानमा

नेपाल इन्भेष्टमेण्ट बैंकले लाहान नगरपालिका–८ सिराहामा आफ्नो ८७ औं शाखाको सुरुवात गरेको छ । नयाँ शाखाका लाहाल नगरपालिकाका मेयर मुनी साह र बैंकका प्रदेश–२ प्रबन्धक सुशील श्रेष्ठले गरे । लाहान शाखाले आफ्ना ग्राहकलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले देशभर ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट ग्राहकलाई सेवा पु¥याइरहेको जानकारी दिएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंकले अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्