एनसेल एपको नयाँ संस्करण सार्वजनिक «

एनसेल एपको नयाँ संस्करण सार्वजनिक

एनसेल आजियाटा लिमिटेडले विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने जनाएको छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीको दावी छ ।
त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।
नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् ।
उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सधै तत्पर रहेको भन्र्द कम्पनीले ग्राहकलाई थप गुणस्तरीय बनाउन नविनतम सेवाहरु ल्याउने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्