भैरहवाको तरकारी बजारमा नबिल बैंकको क्यूआर कार्ड सेवा «

भैरहवाको तरकारी बजारमा नबिल बैंकको क्यूआर कार्ड सेवा

नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको सुरूवात गरेको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको सेवा सुरू गरेका हुन् ।
यो व्यवस्थासँगै यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी तथा फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।
नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त हुने बैंकको दावी छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेको बैंकको भनाइ छ ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको हो । साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वल्र्ड लिह्क नेपालले भुक्तनी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्