नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ «

नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ

पोखरा– नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा मनोहरप्रसाद श्रेष्ठ चयन भएका छन् । संघको पोखरामा सम्पन्न भएको ५औं साधारणसभा तथा तेश्रो अधिवेशनले मनोहर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सुशीलकुमार गुरूङ्ग, उपाध्यक्षमा जीवन ढुगांना, सचिवमा बिनोद केसी, सह– सचिवमा चिन्तामणी खरेल, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र अन्य सदस्यहरूमा सुदिप कँडेल, पुरूषोत्तम पौडेल, मुक्तिनाथ त्रिपाठी, केशब पराजुली र संजय श्रेष्ठ सर्वसम्वत रुपमा चयन भएका हुन् ।
संघको मनोनित सल्लाहकारमा शिबराज पहारी एवं दिनेश श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्