धरान र ढल्केवर कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोर्ड सेवा «

धरान र ढल्केवर कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोर्ड सेवा

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोर्ड सेवा सञ्चालनमा ल्याएको छ । धरान कृषि बजार तथा ढल्केवर कृषि बजारस्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप–निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्यूआर कोर्ड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि बजारमा तरकारी तथा फलफूल किन्ने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूलको मूल्य बराबरको रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्