नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता «

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको ५ सय रुपैयाँ योगदान तथा नगरपालिकाद्वारा ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाको दरले प्रतिमहिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन् । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० वर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागीता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एनआईसी.एशिया बैंक रहेको छ ।
नगरपालिकाको यस कार्यक्रमलाई एनआईसी एशियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्वअन्र्तगत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख, उप–प्रमुखलगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्