के टू हिमाल आरोहीलाई परिसंघको सम्मान «

के टू हिमाल आरोहीलाई परिसंघको सम्मान

विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । परिसंघका अध्यक्षसतिशकुमार मोरसहितको टोलीले हिमाल आरोही निर्मल पूर्जालगायत आरोहण टोलीलाई सम्मान गरेको हो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मोरले टोलीको सफल आरोहणले नेपालीहरुको गौरव थप बढाएको बताए । टोलीले गत माध ३ गते ८,६११ मिटर अग्लो के टूको आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्