अहिलेको राजनीति बदलिनु जरुरी छ : शर्मा «

अहिलेको राजनीति बदलिनु जरुरी छ : शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन् ।
देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेको भन्दै उनले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने बतए ।
प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होइन, बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्न चाहाना राख्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्