पोखरामा हुने क्लब टी–ट्वान्टी प्रतियोगितामा आठ टिम सहभागी हुने «

पोखरामा हुने क्लब टी–ट्वान्टी प्रतियोगितामा आठ टिम सहभागी हुने

पोखरा– केएन स्पोर्टस्को आयोजनामा यही फागुन १७ गतेदेखि पोखरामा सुपर जनरल इन्टर क्लब टी—ट्वान्टी क्रिकेट लिग २०२१ हुने भएको छ । यही फागुन २६ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा काठमाडौंका दुईसहित ८ टिमको सहभागिता रहने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा खेल पर्यटन आजको आधार, क्रिकेट विकासमा हाम्रो सरोकार भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ टिमसहित ८ टिमको सहभागिता हुने भएको प्रतियोगिताका संयोजक कमल थापाले बताए । प्रतियोगितामा चितवनको दुई टिम चितवन क्रिकेट टिम र इस्टर्न एकेडेमी, सुपर जनेरल पोखरा ११, इपालिगन्स तनहुँ, बागलुङ क्रिकेट क्लव, स्याङ्जा क्रिकेट क्लव र काठमाडौंको पनि दुई टीम बालुवाटार क्रिकेट क्लव र मिक्समाण्डु क्लव सहभागि हुने भएका हुन् । प्रतियोगितामा विजेता टोलीले ५० हजार सहित ट्रफि मेडलको साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्