बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व न्यून «

बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व न्यून

बारा-प्रत्येक वर्ष बाढी, डुबान, शितलहरको जोखिममा पर्ने र अति विपन्नहरुको बसोबास रहेको प्रदेश–२ मा अधिकांश बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व बहन नगरे पछि मुनाफा केन्द्रित बन्दै गएको आरोप लाग्न थालेको छ । नियमन निकायको कमजोर उपस्थिति र मुलुककै आर्थिकद्वार रहेको यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कमजोर उतरदायित्वप्रति आरोप सुरु भएको हो ।
प्रत्येक वर्ष प्रदेश–२ मा बाढीको डुबानमा कयौं परिवार बिस्थापित हुने, शितलहरको कारण वृद्ध बालकको न्यानो वातावरण नहुँदा ज्यान जाने कैयौंले राम्रो स्वास्थ्य उपचार नपाउँदा ज्यान गुमाएको प्रशस्त घटना घटेपनि नाफामुखी संस्था भन्दा जनस्तरको सहयोग व्यापक हुने गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरू आफैंले कार्यविधि बनाएर कुल नाफामध्ये १ प्रतिशत रकमबाट सामाजिक उत्तरदायित्वको कोष बनाएर वित्तीय साक्षरता, दुर्गम र विपन्न वर्ग एंव समुदाय, दैवी प्रकोप व्यवस्थापन, वृद्धाश्रम, शैक्षिक क्षेत्र, सांस्कृतिक प्रवद्र्धन र दिगो विकासका लक्ष्य हासिल गर्नमा सहयोग पु¥याउनेलगायतका सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ ।
प्रदेश–२ मा सहकारीसहित दुई हजार भन्दा बढी बैंक तथा वित्तीय संस्था रहेको अनुमान गरीएको छ । केही बैंक तथा वित्तीय संस्थाहरुले वृद्धाश्रममा कम्मल बाँड्ने कामबाहेक राष्ट्र बैंकले लागू गरेको कार्यविधिको पालना नभएको सर्वसाधारणले गुनासो गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व क्षेत्रमा तोकिएको रकम खर्च नगर्ने संस्थालाई कारबाही समेत गर्न सक्ने व्यवस्था हुँदा पनि राष्ट्र बैंकले यसतर्फ खासै चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्