दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम «

दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम

सेनाद्वारा गाउँमै स्वास्थ्य शिविरमा,४३८ जना चेकजाँच
जुम्ला-
दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढ्दै गएको छ । प्रजनन स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु, कार्यभार धेरै हुनु, चुरोट तमाखुको प्रयोग गर्नु, भोरी बोक्नु आराम नगर्नुलगायतका कारणले गर्दा दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढी देखिएको हो ।
आइतबार गुठीचौर गाउँपालिका ३ मा नेपाली सेनाले सञ्चालन गरेको बृहत्त निःशुल्क स्वास्थ्य शिविरबाट दुर्गम गाउँका करिब ४ सय ३८ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् जसमा महिला १ सय ५१ र पुरुष २ सय ३५ र बालबालिका ५३ जना गरी ४ सय ३८ जना थानीयको विभिन्न रोगसम्बन्धी निःशुल्क जाँच गरिएको छ ।
स्वास्थ्य जाँच गरिएका अधिकांश महिलाहरूमा पाठेघरको समस्या भेटिएको स्त्रीरोग विशेषज्ञ डाक्टर सुबी बस्नेतले बताइन् । उनका अनुसार आइतबार स्वास्थ्य जाँच गरेका १ सय ५१ जना महिला मध्य करिब ९० प्रतिशत महिलामा पाठेघर क्यान्सनको जोखिम, सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्तश्राव हुने समस्या बढी देखिएको हो ।
३५ देखि ४० र ६० वर्षमुनिका महिलामा बढी पाठेघरको समस्या देखिएको स्त्रीरोग विशषेज्ञ डाक्टर बस्नेको भनाइ छ । उनीहरूलाई आबश्यक औषधी र कामसँगै प्रयाप्त पोषिला खानेकुरा खान र आराम गर्नसमेत सम्झाइएको छ ।
भने, अन्य पुरुष, बालबालिका, युवा युवतीहरूमा, ग्यास्टिक, हाडजोर्नी, छाती दुख्नेलगायतका समस्या बढी देखिएको डाक्टर हेमन्त चौधरीले बताए । उनका अनुसार उमेर नपुग्दै सानैमा विवाह,आराम भन्दा काम बढी गर्नाले पाठेघरमा समस्या हुने गरेको छ । यसको रोकथामका लागि गाउँ–गाउँमा चेतनामूलक कार्यक्रमहरू बढाउनु पर्ने डाक्टर चौधरीको सुझाब छ ।
नेपाली सेनाको नागरिक सैनिक कार्यक्रमअन्तर्गत घरदैलोमै सञ्चालन गरिएको स्वास्थ्य शिविरले स्थानीयले राहत महसुश गरेका छन् । स्थानीय कालु बूढाले भनिन, “उमेर ७० वर्ष कटिसक्यो, हिँडेर सदरमुकाम जान सक्ने अवस्था थिएन् । गाउँमै पुगेर स्वास्थ्य जाँच गरी औषधी दिएको सारै खुसी लाग्यो ।”
उहिले सेना देख्दा डर लागथ्यो अहिले गाउँमै पुगेर सेना नागरिकको सेवा गर्न थालेपछि कुनै डर त्रास नरहेको उनको भनाइ छ । साथै उमेरले ७६ वर्ष नाघि सकेकी गुठीचौर–३ की नानीकला बुढाले पनि गाउँमै औषधी उपचार पाउँदा खुसी व्यक्त गरिन् । उनले भनिन,“पुरुष त विरामी हुँदा अस्पताल गएर जाँच गरिहाल्छन् । महिलालाई घरधन्दा मेलापात गर्दै ठिक्क हुन्छ । नेपाली सेनाले गाउँमै उपचार गरेर निःशुल्क औषधी दिँदा ग्रामिण महिला बढी राहत भएको छ ।”
नम्बर २४ बाइनीका बाइनीपति यम सापकोटाले नागरिक सैनिक कार्यक्रममार्फत सेना र नागरिकको सम्बन्ध समधुर बनाउन गाउँ–गाउँमा जनहितका कार्यक्रम गर्दै आएको बताए । सेना पनि नागरिकका सुख, दुःखका साथी हुन, भन्ने कुराको आवास दिलाउन विभिन्न काम गरिरहेको उनको भनाइ छ ।
त्यस्तै नन्दा बक्स गणका गणपति दिवाकर रायमाझिले चालू आवको पहिलो नागरिक संनिक कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनका अनुसार यसअघि गत वर्ष सेनाले जुम्लाको हिमा गाउँपालिका स्वास्थ्य शिविर संचालन गरेको थियो । स्वास्थ्य शिविरसँगै अन्य विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरिएको उनको भनाई छ ।
साथै गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले स्थानीय सरकारले गर्ने काम नेपाली सेनाले गरेको बताए । नागरिक र सेना बीचको सम्बन्ध समधुर बनाउन यस्ता सामाजिक हितका कार्यक्रम कोशेढुंगा सावित हुने तर्क दिए । तातोपानी गाउँपालिका ४ हाँकु चन्दननाथ नगरपालिका ३ अनामनगरमा विद्यालय भवन, सत्यबादी मावि दशौदीमा नमुना शौचालय समेत निर्माण गरेको छ । पछिल्लो समय नागरिक सैनिक कार्यक्रम पनि निकै प्रभावकारी बन्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्