स्प्राइटको ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान «

स्प्राइटको ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान

कोका–कोलाको लोकप्रिय लेमन(लाइमपेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान सुरू गरेको छ । यस अभियानले उपभोक्ताहरूलाई घरमा स्क्रिनमा व्यथित गर्ने समयमा सरल तरिकाले पूर्णरूपमा रिफ्रेस रहनकालागि प्रेरित गर्ने रहेको छ ।
यो अभियानले घरको स्क्रीन टाइममा अवरोधहरुबाट दिकदार नभइ स्प्राइटको चिसो, क्रिस्प र लेमन(लाइम स्वादले अधिकतम रिफ्रेशमेन्ट लिनर तनावमुक्त हुन सकिने कम्पनीको दावी छ ।
“नयाँ स्प्राइट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ” कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, “स्प्राइटको साथ पूर्णरूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले आफ्नो रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहन्छौं ।”

प्रतिक्रिया दिनुहोस्