नर्भिक अस्पतालमा अत्याधुनिक सेवा «

नर्भिक अस्पतालमा अत्याधुनिक सेवा

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिंदै आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट(ओपिडी)को पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवाहरुलाई डिजीटाइज्ड गरेको छ । विश्वस्तरीय नयाँ ओपिडीको औपचारिक रुपमा सञ्चालन थालिएको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डाइरेक्टर मेघा चौधरीका अनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्णरुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने काम ओपिडीबाट सुरुवात गरेको हो ।
अत्याधुनिक ओपिडीमा स्तरीय सेवा, सबै सेवाको पूर्ण डिजीटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रुपमा ओपिडीबाट रेनोभेसनको काम थालिएको एमडी चौधरीले बताइन् । “अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो” चौधरीले भनिन्, “यही उद्देश्यले हामीले कोरोना संक्रमणका कारण थला परेको व्यवसाय लयमा नफर्किएको अवस्थामा समेत बिरामीको हितमा काम गरेका हौं ।”

प्रतिक्रिया दिनुहोस्