ज्योति लाइफलाई आईपीओ निष्कासन गर्न अनुमति «

ज्योति लाइफलाई आईपीओ निष्कासन गर्न अनुमति

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ७ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले २०७७ माघ ९ गते जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल तोकिएको छ ।
हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर हिस्सा ७०ः३० प्रतिशत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्