सिभिल बैंकको ८.४२% लाभांश पारित «

सिभिल बैंकको ८.४२% लाभांश पारित

सिभिल बैंक लिमिटेडको आइतबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ ।
भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुसार बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि प्रतिसेयर ०.४२ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२.८४ रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गरेको हो ।
यस्तै साधारणसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण गर्नका लागि एनबीएसएम एण्ड एसोसियट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नु सञ्चालक समितिलाई अधिकार दिएको छ ।
साधारणसभाले सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने र गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने र हुने वा स्वदेशी र विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैंकले ५ लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले ७८ अर्बभन्दा बढी निक्षेप संकलन र ७२ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्