विध ल्याबलाई ‘ए’ ग्रेडको अनुमति «

विध ल्याबलाई ‘ए’ ग्रेडको अनुमति

विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबलाई ‘ए’ ग्रेड प्रयोगशालाको अनुमति दिएको हो ।
जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड निर्देशिका २०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएको थियो । सो अनुसार ‘ए’ क्याटेगोरी प्रयोगशाला सञ्चालन गर्न दिइएको बताइएको छ ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत ०७८ असार मसान्तसम्मका लागि अनुमति जारी गरिएको बताइन् । अनुमति पाएपछि ल्याबले अझै सर्वसुलभ मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ ।
ल्याबका सञ्चालक विके भण्डारीका अनुसार अहिले करिब २५ सय प्रकारका टेस्ट ल्याबमा गरिने भएको छ । त्यस्तै ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण टेस्टहरु हुने जनाइएको छ । सञ्चालक भण्डारीले हाल चलनचल्तिको मूल्यभन्दा कम मूल्यमा परीक्षण गर्ने तयारीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्