५० वर्ष पहिले अमेरिका चन्द्रमामा पुगे नपुगेको रुसले पत्ता लगाउने «

५० वर्ष पहिले अमेरिका चन्द्रमामा पुगे नपुगेको रुसले पत्ता लगाउने

मस्को-अमेरिकाले १९६९ को जुलाईमा आफ्नो विमान चन्द्रमामा अवतरण गरेको दावी गरेको थियो । अन्तरिक्षमा रुसले पहिलो पटक आफ्नो यान पठाएको भएपनि चन्द्रमामा अमेरिकाले अन्तरिक्ष यात्री उतारेको थियो । पछि लामो समयसम्म यो विषयमा वास्तवमै के भएको थियो भन्ने विषयमा बहस भएको थियो । यद्यपि नासाले चन्द्रमामा आफ्नो अन्तरिक्ष यान अवतरण गरेको तस्बिर सार्वजनिक गरेको थियो । यो विषयलाई नासाका बिरोधीले कहिलेपनि स्वीकार गरेका छैनन् ।
उक्त समयदेखि हालसम्म पनि नासाको उक्त मिसनमाथि प्रश्न खडा गरिदै आएको छ । हाल आएर रुसका रोस्कस्मोस स्पेस एजेन्सीका प्रमुखले यो प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने भएका छन् । विश्वलाई वास्तविक कुरा के भएको थियो भन्ने विषयमा उनले बताउने इच्छा व्यक्त गरेका छन् । के वास्तवमै झन्डै ५० वर्ष पहिले नासाका वैज्ञानिक चन्द्रमामा गएका थिए त ?
के वास्तवमै अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा गएको थियो भन्ने विषयमा जाँच गर्नका लागि रोस्कसमोस स्पेस एजेन्सीका प्रमुखले चन्द्रमाका लागि प्रस्तावित रुसी मिसन सत्यताका लागि पठाइने बताएका छन् ।
यो विषयमा शनिबार ट्वीटरमा पोष्ट गरिएको भिडियोमा दिमित्री रोगोजिनले भनेका छन्,“हामीले यो मिशनको सत्य निरुपण गर्ने निर्धारण गरेका छौ । उनी वाहाँ गएका थिए वा थिएनन् ।”
रोगोजिन लगभग ५० वर्ष पहिले चन्द्रमामा नासाको निसान खोज्नका लागि जाने बताएका छन् । रुसले नासको यो मिसनलाई कहिले पनि साचो भएको मानेको छैन । नासाले चन्द्रमा मिसनको नाममा विश्वको आखामा धुलो हालेको बताएको छ ।
अर्कोतर्फ सोभियत संघले ४ प्रयोगात्मक चन्द्रमा रकेट अपरेशन विफल भएपछि १९७० को दसकको मध्यमा आफ्नो चन्द्रयान कार्यक्रमनै त्यागेको थियो । २०१५ मा रुसको जाँच समितीका एक पूर्व प्रवक्ताले नासा मून ल्यान्डिङ अपरेसनको जाँचको माग गरेको थियो ।
अमेरिकाको एक फिल्मी सेटको माथी तीन अन्तरिक्ष यात्रीलाई चन्द्रमाको जस्तो लोकेशनमा फिल्माएको बताइएको छ । बिरोधीले भन्ने गरेका छन् कि चन्द्रमामा जब हावानै छैन भने चित्रमा अमेरिकी झन्डा कसरी फहरायो ।

प्रतिक्रिया दिनुहोस्