मेस्सी फर्गुसनको ग्राहक भेटघाट कार्यक्रम «

मेस्सी फर्गुसनको ग्राहक भेटघाट कार्यक्रम

प्रदेश १ खका विभिन्न जिल्लामा चारसय ट्याक्टर बिक्री गर्न सफल टाफे कम्पनीको मेस्सी फर्गुसन ट्याक्टरले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम गरेको छ । ट्याक्टरको प्रदेश १ स्तरीय विक्रेता पाथिभरा सहारा ट्रेडर्स बिर्तामोडको आयोजनामा ग्राहक भेटघाट कार्यक्रम भएको हो ।
पाथिभरा सहारा ट्रेडर्सका प्रवन्ध निर्देशक एलपी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रम टाफे लिमिटेडका जनरल मेनेजर सेल्स पुष्कर वलीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत कम्पनीका सञ्चालक भक्ति सिटौलाले गरेको कार्यक्रममा सिभिल बैंक बिर्तामोडका प्रमुख टंक पौडेल, साना किसान कृषि सहकारीका अध्यक्ष नवराज भट्टराई, दिनेश थापालगायतले शुभकामना मन्तव्यसहित ट्याक्टरका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथि टाफे लिमिटेड नेपालका सेल्स मेनेजर अनिलकुमार द्विवेधीले ट्याक्टरका विशेषताका विषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्